लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अनलाइन मतदान सुरु भएको छ । आज शनिबार बिहान ६ बजे सुरु भएको अनलाइन मतदान राती मध्यरातसम्म खुला रहनेछ।आगामी दुई वर्षे नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको मतदानमा ४ हजार १ सय ८३ सदस्य मतदाता रहेका छन् ।
एनआरएनए यूकेमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरी मतदान गराइएको हो ।सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भए पनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आईसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषद्को अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।
एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कँडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ । अनलाइन मतदान गराउने कम्पनी ‘भेरो’ले मतदान प्रक्रियाको जिम्मा लिएको र मतदान सम्पन्न भएको तीन घण्टाभित्र नतिजा उपलब्ध गराउने बताएको छ ।भोलि आइतबार लन्डनस्थित ह्यारोमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए