थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १६ : ०८
थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ ।इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

 

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रा. लि., आकाशभैरव सेक्युरिटिज लि., पाही इन्भेष्टमेन्ट प्रा. लि., ए.पी.ए.ए. सेक्युरिटिज लि., एन.एम.बि. सेक्यूरिटिज लिमिटेड र सानिमा सेक्यूरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।

यस्तै स्टक्स्कार्टस् सेक्युरिटिज लि., इन्दिरा सेक्युरिटिज प्रा.लि., ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटीज् नयाँ लाइसेन्स पाउने कम्पनी हुन् ।

प्रतिक्रिया दिनुहोस