२५ बुँदे प्रतिवद्धता एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, २० : ५५
२५ बुँदे प्रतिवद्धता एनआरएनए माल्टाको अध्यक्षमा खनालको उम्मेदवारी घोषणा

माल्टा । एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि  रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् ।  २५ बुँदे प्रतिबघतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

खनालले समग्र माल्टावासीको आग्रहलाई स्विकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विल्प नदिएपछि  उम्मेदवारी घोषणा गरेको बताए । 

कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एबं माल्टाका सफल ब्यावसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई बिजयी गराउन माल्टावासी नेपालीहरुलाई आग्रह गरे । अध्यक्षका प्रत्यासी खनालले ‘पद्दती र पारदर्शिता समावेशी एनआरएनए हाम्रो पर्तिबद्दता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस