पक्राउ परेका प्रकाण्डलाई थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०७५, १८ : ४०
पक्राउ परेका प्रकाण्डलाई थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिब ७ करोड रुपैयाँ चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुविरुद्ध चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता गरिएको छ र जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रहरीले खड्कालाई मंगलबार साँझ साढे ७ बजेतिर दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट फर्पिङको बाटोहुँदै काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका-६ का हरिचन्द्र आचार्य छन् ।

यो पनि पढ्नुहोस्,

 

प्रतिक्रिया दिनुहोस