गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकीमा देशले १० वर्ष खेर फालेको बताएका छन् । आज गोरखाको सिरुङ्टारमा फिल्ड कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै भट्टराईले आयोजनाको नाममा १० वर्ष फालेको बताएका हुन् ।
उनले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताए । उनले बुढीगण्डकी आयोजनाबाट देशले ठूलो आर्थिक लाभ लिन सक्नेसमेत उनको भनाई छ ।
यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने भट्टराईको भनाई छ । तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत बताए । हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने समेत उनले बताए ।
भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बताउन समेत प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई