एजेन्सी । रुसले युक्रेनलाई 'ब्ल्याक सी'बाट सामान निर्यात गर्न रोकेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सम्झौताबाट पछि हट्ने निर्णय गरेका हुन्। युक्रेनले ब्ल्याक सीबाट सुरक्षित रूपमा अन्न निर्यात गर्दै आएको थियो, तर सम्झौताबाट पछि हट्दै रुसले निर्यात गर्न नदिने निर्णय गरेको हो।
रुसले सोमबार संयुक्त राष्ट्रसंघ, टर्की र युक्रेनलाई यो सम्झौताको पछि नलाग्ने बताएको छ। पश्चिमी देशहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप रुसको छ।
रुसको यो निर्णयले विश्वलाई नै असर पार्न सक्छ। विश्वका नेताहरूले रुसको निर्णयले विश्वका गरिब देशहरूमा असर पर्ने भन्दै आलोचना गरेका छन्। यो सम्झौता इस्तानबुलको समय अनुसार मंगलबार राती १२ बजे समाप्त हुनेछ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि रुसलाई खाद्यान्न र मल निर्यात गर्न दिने सम्झौताका अंशहरू पालना नगरिएको बताएका छन्।
उनले सम्झौताको सर्त गरिब देशलाई खाद्यान्न उपलब्ध गराउने भए पनि त्यसो हुन नसकेको आरोप लगाएका छन्। यदि शर्त पालना भएमा सम्झौता पुन: हुनसक्ने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ साउन २०८०, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि