काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।
आज मंगलवार बिहान ९ बजे सचिवालय बैठक बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले सोमवारको बैठक मंगलवार पुनः बस्ने गरी स्थगित भएको थियो ।
बैठक समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा र वैचारिक नीतिमा केन्द्रित छ ।
पार्टी परित्याग गरी गएका केही नेताका कारण रिक्त पदहरूमा मनोनित गर्ने विषयमा मंगलवार छलफल गरिने जनाइएको छ । पार्टीमा केही उपाध्यक्ष सहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय