काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् ।
आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् ।
त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् । प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।
प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ ।
यसरी एक आर्थिक वर्षमा १० जनासम्मलाई बढुवा गर्नसक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा निर्वाचन प्रहरीको मृत्यु
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा