सहकारीबाट ६५ अर्ब ठगी

पत्रपत्रिकाबाट

सोमबार, ०१ साउन २०८०, ०७ : ०५
सहकारीबाट ६५ अर्ब ठगी

काठमाडौ । देशभरका  झन्डै  १४  हजार  सहकारीका  बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् ।
 सहकारीपीडित  बचतकर्ता  महासङ्घका  संयोजक  हरिशचन्द्र  श्रेष्ठ  र  संरक्षक  कुशलव  केसीले  देशभरिका  ३२  हजार  सहकारीमध्ये  १४  हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताए ।

संयोजक  श्रेष्ठले  भने,  “अहिलेसम्म  देशैभर ७३ लाख नागरिकको ६५ अर्ब रुपैयाँभन्दा बढी रकम सहकारी सञ्चालकले ठगेको तथ्याङ्क छ । त्यसको ब्याज जोड्नै बाँकी छ । यी सबै नागरिकले न्याय पाउनु पर्छ भनेर हामी आन्दोलनमा होमिएका हौँ ।” गोरखापत्रमा खबर छ ।