गोरखा । तीन थान भरुवा बन्दुकसहित प्रहरीले गोरखाबाट तीन जालाई पक्राउ गरेको छ । सहिद लखन गाउँपालिका-९ नामजुङबाट तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १/१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।
भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३१ असार २०८०, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ