फागूण २६ मा टुँडिखेलमा बलिउड नायक सलमान खान को कन्सर्ट

विहीबार, ०६ पुस २०७४, १२ : ५४
फागूण २६ मा टुँडिखेलमा   बलिउड नायक सलमान  खान को कन्सर्ट

चितवन । बलिउड दबंग हिरो सलमान खान नेपाल आउने भएका छन् । सलमान खान ‘दबंग टूर’ लिएर नेपाल आउने  भएका छन् । मार्च १० अर्थात फागूण २६ गते सलमान खानले काठमाण्डौको टुँडिखेलमा आयोजना हुने कार्यक्रममा आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् ।

यो कार्यक्रमलाई नेपालमा ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्दैछ । साथमा, सोहिल खान प्रोडक्शन र जेइ इभेन्ट्सले पनि कार्यक्रमको आयोजनामा सहकार्य गर्दैछन् ।
सलमान खानसहित ६० जना बलिउडका चर्चित कलाकार र डान्सर नेपाल आउन लागेका हुन् । सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवा लगायत नेपाल आउन लागेका हुन् । मनिष पलले यो कार्यक्रमको संचालन गर्नेछन् ।

नेपालमा विं.सं २०७२ मा गएको भूकम्पपछि विश्व समुदायमा नेपाल सुरक्षित पर्यटकिय गन्तव्य हो भन्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ । सलमान खान फागूण २६ गते नै नेपाल आउने बताइएको छ । कार्यक्रमको भोलिपल्ट, खानको टिमलाई पशुपतिनाथ, पोखरा, सगरमाथाको भ्रमण गराउने तयारी पनि गरिएको छ ।

आयोजकले सलमानको यो कन्सर्टका लागि १५ करोड खर्च लाग्ने अनुमान गरेको छ । ५० हजार दर्शकले कार्यक्रम हेर्ने अनुमान आयोजकको छ । ३ हजारदेखि १० हजारसम्म टिकट दर तोकिएको छ । सलमानका निजी सुरक्षागार्ड, नेपाल प्रहरीको साथमा सयौ सुरक्षागार्डले कार्यक्रमको सुरक्षा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस