कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास–५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै बेलौरी नगरपालिका–१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर–५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ