काठमाडौं । भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्रजित केसीले बताए ।
उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । तर, फेला परेकी थिइनन् ।बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ । उनको खोजीमा असार १७ तेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।तर, कुनै सुराक हात लागेको थिएन ।
अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको छ । उनले त्यो विष सेवन गरे नगरेको यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने भएको छ ।‘शवलाई पोष्टमार्टमका लागि पठाएका छौं, भिसेरा जाँचबाट मृत्यु हुनुअघि खाएको के–के खाएको थियो भन्ने थाहा हुन्छ’, केसीले भने, ‘त्यसपछि नै मृत्युको कारण खुल्नेछ ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा एक महिलाको जलेर मृत्युु
नेपालको पहिलो क्याम्पसले बल्ल पायो महिला नेतृत्व
दिल्लीमा नेपाली महिला मृतावस्थामा फेला
भारतको मणिपुरमा महिलालाई नग्न घुमाएको घटनाले देशभरी बढयो आक्रोश
गल्लीमा मृत भेटिइन् युवती
तनहुँको व्यासमा बोराभित्र महिलाको शव