काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सिन्डिकेटमा चलाउन खोजिएको बताएका छन् । मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नवगठित भातृ सङ्गठनका प्रमुखहरूलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२–६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकलेको दाबी गरे ।
उनले सिन्डिकेटमा देश चलाउन खोजिए यस्तो प्रवृत्ति छिट्टै विस्फोट हुने पनि बताए ।थापाले रोग,भोक,अशिक्षा र गरिबिको रामवाण गणतन्त्र ,सङ्घीयता ,धर्मनिरपेक्षता हो भन्नेहरूले देशलाई सङ्कटतर्फ धकेलेको जिकिर गरे ।
थापाले खेलकुद सङ्गठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्राडा विष्णु भण्डारी ,किसान सङ्गठनमा डम्बर सिवाकोटी ,मुस्लिम सङ्गठनमा मोहम्मद इकवाल इराकी, अपाङ्ग सङ्गठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिँदै सङ्गठन निर्माणमा उच्च मनोबल सहित क्रियाशील हुन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा