राजधानीमा पनि चितुवाको डर

पत्रपत्रिकाबाट

मंगलबार, २२ साउन २०७५, ०८ : ३६
राजधानीमा पनि चितुवाको डर

काठमाडौं । उपत्यकामा पाँच बर्षयता मात्र २९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो ।

उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा घटना भएको जानकारी दिइयो ।

यीमध्ये ११ वटा मारिएको थियो भने सातवटा भागेको, पाँचवटा जंगलमा छाडेको र ६ वटा चिडियाखानामा उद्धार गरिएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस