काठमाडौँ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले बताए ।
गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ का अनुसार १० बजेर १३ मिनेटमा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर लुक्ला टावरको सम्पर्ककमा आएको थियो । त्यसपछि हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । हेलिप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङ एयरको हेलिकोप्टर दुर्घटना : वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि
प्राधिकरणद्वारा मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुधकुण्डको लामाजुरा डाँडामा दुर्घटना
काठमाडौँ आउँदै गरेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन