झापामा एक युवकले गरे आत्मदाह

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, ०९ : २१
झापामा एक युवकले गरे आत्मदाह

झापा । झापा गौरादह नगरपालिका वडा नं १ मा एक युवकले मंगलबार बिहान आत्मदाह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार गौरादह १ का ३५ वर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन्।

उनी विगत दुई तीन वर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाइ छ।

सुत्ने कोठामा डढेको अवस्थामा प्लास्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

उनकी श्रीमती कामको सिलसिलामा विराटनगरमा भएका बेला साहले आत्मदाह गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस