सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफैँ शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइतेभएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
मंगलवार साँझ करिब ७:४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष आगोले जलेर लडिरहेको देखेपछि ७:५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै बीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोली ८ बजे घटनास्थल पुगेर ९० प्रतिशत शरीर जलेका घाइतेलाई तत्काल सीटी हेल्थ केयर लालबन्दी उपचारको लागि पठाएको थियो
अवस्था गम्भीर भएपछि उनलाई राति ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। राति २ बजेर १९ मिनेटमा उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको जनकपुर अस्पतालले जनाएको छ।
पहिचान खुलाउने क्रममा मृतकको मोबाइलबाट सम्पर्क खोज्दा उनी झापा, गौरादह नगरपालिका–२ का धनपती पोख्रेलका ५५ वर्षीय छोरा सूर्य प्रसाद पोख्रेल रहेको पुष्टि भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज कुमार राईले बताएका छन्।
प्रवक्ता राईका अनुसार मृतकका आफन्तहरूसँग सम्पर्क भइसकेको र उनीहरू घटनास्थल तथा अस्पतालतर्फ आइरहेको छ।
घटनाका सबै पक्षबारे थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एक व्यक्तिले गरे आत्मदाह
सिडिओ कार्यालय अगाडि मिटर ब्याज पीडितद्वारा आत्मदाहको प्रयास