काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ । १७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुने गरी काजमा रहेक कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको हो ।
सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने’, मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।
प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिन समेत निर्देशन दिएकाे छ ।
यसैगरी, प्रदेश र स्थानीय तहमा समायोजन भई संघको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ ।
मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भई संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको पुनः मेडिकल बोर्डबाट एक महिनाभित्र स्वास्थ्य परीक्षण गराई स्वास्थ्य अवस्था अद्यावधिक गराउने र उपयुक्त निकायमा कामकाजमा खटाउन मन्त्रालयको निर्देशन छ ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन क्रममा फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकता अनुसार कामकाजमा खटाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता