काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुत्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । उक्त मुद्दा हिजो पनि हेर्न नभ्याइनेमा परेको थियो ।
निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराउनुभएको थियो ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त हुनुभएको छ । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश, मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त हुनुभएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी