अस्ट्रेलिया विरुद्ध तेस्रो टेस्ट जित्दै इंग्ल्यान्ड सिरिजमा फर्कियो

एजेन्सी

सोमबार, २५ असार २०८०, ०७ : २५
अस्ट्रेलिया विरुद्ध तेस्रो टेस्ट जित्दै इंग्ल्यान्ड सिरिजमा फर्कियो

एजेन्सी । इंग्ल्यान्ड र अस्ट्रेलियाबिच जारि एसेज सिरिजको तेस्रो टेस्टमा इंग्ल्यान्ड तीन विकेटले विजयी भएको छ।

पाँच खेलको सिरिजमा यसअघि दुई टेस्ट गुमाएको इंग्ल्यान्डलाई सिरिजमा कायम रहनका लागि तेस्रो टेस्ट जित्नै पर्ने दबाब रहेको थियो। जहाँ पहिलो इनिङमा पछि परेपनि दोस्रो इनिङमा पुनरागमन गर्न इंग्लिस टोली सफल रह्यो।

पहिलो इनिङमा अस्ट्रेलियाले २ सय ६३ रन बनाउँदा दोस्रो इनिङमा २ सय २४ रन बनाएको थियो। इंग्ल्यान्ड भने पहिलो इनिङमा २ सय ३७ रन बनाउँदै २६ रनले पछि परेपनि समग्रमा दोस्रो इनिङमा २ सय ५१ रनको लक्ष्य एक दिनको खेल बाँकी हुँदे ७ विकेट गुमाएर पुरा गर्दै सिरिजमा पहिलो जित निकाल्यो।

२ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु  टोलीले तेस्रो दिननै दोस्रो इनिङ सुरु गरेको थियो। बिना विकेटको क्षतीमा चौंथो दिन २७ रनबाट दिनको खेल सुरु गरेको इंग्लिस टिमले संयमित प्रदर्शन गर्दा मध्यम लक्ष्य पुरा गर्दै सिरिजला १-२ को अवस्थामा ल्याएको हो।

इंग्ल्यान्डको जितमा ह्यारी ब्रुक्सले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेल्दा  ओपनर ज्याक क्राउलीले सर्वाधिक ४४ रन बनाएका थिए। त्यस्तै बेन डकेटले २३ तथा क्रिस बोक्सले ३२ रन बनाए। मार्क उड १६ रनमा नटआउट रहेका थिए।

अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिएपनि टिमलाई जित दिलाउन पर्याप्त भएन। त्यस्तै प्याट कमिन्स र मिचेल मार्सले समान १-१ विकेट लिएका थिए।

त्यसअघि तेस्रो दिन वर्षाका कारण ढिला सुरु भएपनि अन्तिम समयमा अस्ट्रेलिया लगातार विकेट गुमाउन पुग्दा अस्ट्रेलिया दोस्रो इनिङमा २ सय २४ रनमात्र बनाएको थियो। उसका लागि दोस्रो इनिङमा ट्रभिस हेडले ७७ रन बनाउँदा मिचेल मार्सले २८ रन बनाए।

त्यस्तै उस्मान ख्वाजा ४३ रनमा आउट हुँदा मार्नुस लबुसेन ३३ रनमा आउट भएका थिए। पछिल्लो क्रम लामो समय क्रिजमा टिक्न नसक्दा अस्ट्रेलियन टोलीले बलियो लक्ष्य बनाउन भने सकेन।

इंग्ल्यान्डका लागि स्टुआर्ट बोर्ड र क्रिस बोक्सले समान ३-३ विकेट लिंदा मार्क उड र मोइन अलीले समा २-२ विकेट लिएका थिए।