कृषकहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण ऋण

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, ११ : ४१
कृषकहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण ऋण

काठमाडौँ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसनहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच गत वर्षको श्रावण ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको थियो ।

सोहीअनुसार नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माईक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरीरहेका उद्यमीहरुलाई ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे । 

उक्त सम्झौता अनुरुप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रर्बधित सहकारीहरुले सहुलियतपूर्ण ऋण लिन ईच्छुक उद्यमीहरूको पहिचान गरि कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरि आवश्यक अन्य ब्यावसायिक विकासका सेवाहरु प्रदान गर्न सहयोग तथा सहजिकरण गर्ने छ ।

हेफरले ४४ जिल्लाका करिव ४ लाख  पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम संचालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरु मार्फत वित्तिय पहुँच पुरÞ्याउन सहजिकरण गर्दै आएको छ ।