ज्याक माको एन्ट ग्रुपलाई १ अर्ब डलर जरिवाना

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १३ : ०२
ज्याक माको एन्ट ग्रुपलाई १ अर्ब डलर जरिवाना

एजेन्सी।अर्बपति तथा अलिबाबाको एन्ट ग्रुपले १ अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । चीन सरकारले गरेको घोषणाअनुसार ज्याक माको प्रविधि कम्पनीहरूको समूह एन्ट ग्रुपले उक्त जरिवाना तिर्नुपर्ने भएको हो ।

समाचार संस्था बीबीसीका अनुसार एन्ट ग्रुपले उपभोक्ताको संरक्षण कानून र कर्पोरेट गर्भनेन्समा बदमासी गरेको आरोप लगाइएको छ । एन्ट ग्रुपको भुक्तानी प्रणाली अलिपे जरिवानाको मुख्य निशानामा रहेको समाचार उल्लेख छ ।

 

चीनको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तीमा प्रविधिका दिग्गज कम्पनीको रवैया सुधार गर्न अघि बढेको जनाइएको छ ।’ एन्ट ग्रुपले चीनका लाखौं मानिसलाई ऋण प्रवाह गर्ने गर्छ । यस्तै, स्टार्टअप व्यवसायलाई समेत ऋण प्रवाहको व्यवस्था यो समूहले गर्छ ।

प्रतिक्रिया दिनुहोस