पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याउन कांग्रेस जिल्ला सभापतिहरूको माग

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १५ : ५८
पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याउन कांग्रेस जिल्ला सभापतिहरूको माग

काठमाडौं । सानेपामा बसिरहेको नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेलामा अधिकांश जिल्ला सभापतिहरूले पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन्।

बिहीबार पार्टीका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोलाएको जिल्ला सभापतिहरूको भेलामा अधिकांश जिल्ला सभापतिहरूले पार्टीलाई पुर्नताजगीका लागि विशेष कार्यक्रम ल्याउन माग गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।

उनले मन्त्री नै रहेका पार्टी सभापतिहरूले आफूलाईपनि परेको अफ्ठ्याराको बारेमा गुनाषो राखेको बताउँदै भने, ‘मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरूले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ। सँगसँगै पार्टी सभापतिहरूले पार्टीका कार्यक्रमहरुमा केही शिथिलताहरू हुन थाले। केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस्। गहिरो ढंगबाट यसलाई छलफल गरोस्। विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरूको धारणा छ।’

प्रतिक्रिया दिनुहोस