काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची