काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले 'नवीन राप्रपा, २०८०' सञ्चालनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार 'नवीन राप्रपा २०८०' कार्ययोजना कार्यान्वयनका लागि प्रदेश प्रमुखलाई संयोजक तोकेको हो ।
लिङ्देनले वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई कोशी, वरिष्ठ नेता बुद्धिमान तामाङलाई मधेश, उपाध्यक्ष बिक्रम पाण्डेलाई वाग्मती, वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी, उपाध्यक्षहरू मुकुन्दश्याम गिरीलाई कर्णाली र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजक तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै