काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले 'नवीन राप्रपा, २०८०' सञ्चालनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार 'नवीन राप्रपा २०८०' कार्ययोजना कार्यान्वयनका लागि प्रदेश प्रमुखलाई संयोजक तोकेको हो ।
लिङ्देनले वरिष्ठ उपाध्यक्ष रोशन कार्कीलाई कोशी, वरिष्ठ नेता बुद्धिमान तामाङलाई मधेश, उपाध्यक्ष बिक्रम पाण्डेलाई वाग्मती, वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी, उपाध्यक्षहरू मुकुन्दश्याम गिरीलाई कर्णाली र उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजक तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग