काठमाडाैं। कानून व्यवसायीको अन्दोलन र सिर्जित पछिल्लो परिस्थितिका कारण गर्न बाधा पुगेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश तथा सुरक्षा माग्दै कर्मचारीहरू सर्वोच्च अदालत पुगेका छन् ।मंगलवार अदालत खुलेलगत्तै सर्वोच्च पुगेर उनहरूले सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।
२०८० असार १३ गते ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई आदेश हेर्ने बहानामा वारेस समेत लिएका वकिल अमीर लामिछानेले कुटपिट गरी घाइते बनाएको घटनाबाट तनाव सिर्जना भएको हो ।
कानून व्यवसायीहरूले भने तामाङले घुस मागेको र नदिएपछि शुरूमा आफैं हातपात समेत गरेको आरोप लगाएका छन् । सोहीकारण नेपाल बार एसोसिएसनको अगुवाइमा देशव्यापी आन्दोलन समेत भएको छ ।
सोही प्रकरणमा जिल्ला अदालत ललितपुरका कर्मचारी र न्यायाधीशहरू सर्वोच्च पुगेका हुन् ।'सुरक्षा माग्दै आउनुभएको थियो, अहिले फर्किसक्नुभयो,' सर्वोच्चका एक कर्मचारीले लोकान्तरसँग भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार