काठमाडाैं। कानून व्यवसायीको अन्दोलन र सिर्जित पछिल्लो परिस्थितिका कारण गर्न बाधा पुगेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश तथा सुरक्षा माग्दै कर्मचारीहरू सर्वोच्च अदालत पुगेका छन् ।मंगलवार अदालत खुलेलगत्तै सर्वोच्च पुगेर उनहरूले सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।
२०८० असार १३ गते ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई आदेश हेर्ने बहानामा वारेस समेत लिएका वकिल अमीर लामिछानेले कुटपिट गरी घाइते बनाएको घटनाबाट तनाव सिर्जना भएको हो ।
कानून व्यवसायीहरूले भने तामाङले घुस मागेको र नदिएपछि शुरूमा आफैं हातपात समेत गरेको आरोप लगाएका छन् । सोहीकारण नेपाल बार एसोसिएसनको अगुवाइमा देशव्यापी आन्दोलन समेत भएको छ ।
सोही प्रकरणमा जिल्ला अदालत ललितपुरका कर्मचारी र न्यायाधीशहरू सर्वोच्च पुगेका हुन् ।'सुरक्षा माग्दै आउनुभएको थियो, अहिले फर्किसक्नुभयो,' सर्वोच्चका एक कर्मचारीले लोकान्तरसँग भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी