हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८०, १० : ०५
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौ । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ।

परिसरको मौलिकता, सौन्दर्य र वातावरण शान्त, स्वच्छ र सुरम्य हुन आवश्यक रहेको भन्दै महानगरले उक्त क्षेत्रभित्र सवारीसाधनलाई निषेध गरेको हो।

काठमाडौं मुख्यत: प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण भएको र यहाँको पहिचान भनेकै यहाँका सम्पदा भएको भन्दै महानगरका मेयर बालेन शाहले उक्त निर्णय गरिएको जानकारी दिए।

'विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्,' उनले भनेका छन्, 'यसैले हनुमानढोका परिसरभित्र सवारीसाधनहरूलाई निषेध गरिएको छ।'

प्रतिक्रिया दिनुहोस