नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, ०६ : ४६
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

File pic

चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमवार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । 

पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन शुरू गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् ।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ ।

आइतवार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस