नेपालीलाई सीपयुक्त बनाएर मात्र विदेश पठाउनुपर्छ : श्रममन्त्री भण्डारी

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १६ : ५५
नेपालीलाई सीपयुक्त बनाएर मात्र विदेश पठाउनुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विना सिपको मानिसलाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाउनुपर्ने अवस्था आउने बताएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा थुप्रै खासको समस्या देखिरहेको भन्दै मन्त्री भण्डारीले नेपालीलाई सीपयुक्त बनाएर मात्र पठाउनुपर्ने अवस्था आउन लागेको बताए। 

नेपालमा रहेका तालिम दिने संस्थाहरूलाई थप व्यवस्थित गराएर तालिम दिने र सोही आधारमा सिपयुक्त भएपछि मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने उनले बताए ।  ´अब व्यवसायी र सरकार मिलेर कुनै न कुनै सीप सिकेको व्यक्तिलाई मात्र जान पाउने भनेर निर्णय गर्नुपर्ने अवस्था आएको छ । कुनै दिन काम नसिकेकोलाई विदेश जान नदिने पाउने गरी निर्णय गर्नुपर्ने अवस्था आउँछ,` मन्त्र भण्डारीले भने। 

वैदेशिक रोजगारीमा देखिएका विविध समस्याबारे सरकार जानकार रहेको भन्दै ती समस्या समाधानका लागि लागिपरेको उनले बताए ।  वैदेशिक रोजगारीमा जानकाे लागि १० हजार मात्र सेवा शुल्क लिने व्यवस्था के कसरी आएको आफूलाई कुनै जानकारी नभएको उनले बताए । यो विषयमा सरकार व्यवसायीहरूसँग मिलेर छलफल गर्न तयार रहेको र त्यहीबाट समाधान गरिने उनले बताए। 

 मन्त्री भण्डारीले व्यवसायी आफै ईथिक्समा बस्नुपर्ने भन्दै उनले कामदारमाथि ठग्ने काम बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस