उदयपुरमा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १५ : २१
उदयपुरमा ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

उदयपुर। ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । 

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस