काठमाडौं।सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो नेपाल)मा नयाँ कार्यसमिति चयन भएको छ । सोट्टो नेपालको आइतवार सम्पन्न वार्षिक साधारण सभाले पर्यटन व्यवसायी भुवनबहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सोट्टोको प्रथम उपाध्यक्षमा मानबहादुर शाही, द्वित्तीय उपाध्यक्षमा देवराज खनाल, महासचिवमा दिनेश बस्नेत, सचिवमा कुमार पराजुली, कोषाध्यक्षमा कमलबहादुर मगर र सह कोषाध्यक्षमा कमल जिसी चयन भएका छन् ।
थप सात सदस्यसहित १४ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको सोट्टो नेपालले जनाएको छ ।सोटेको नवनिर्वाचित अध्यक्षसँगै ट्राभल व्यवसायीको समस्या समाधान गर्न र व्यवसायिक हक हितमा आवाज उठाउने जिम्मेवारी आफूमाथि आएको अध्यक्ष पाण्डेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १२ : ५७
लेखकबाट थप