काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।
श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो ।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतवारका सबै उडान स्थगित गरिएको छ ।
उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतवार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ । सोमवार देखी भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।
शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, ०९ : १६
लेखकबाट थप