काठमाडौ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर १३ ग्रामसहित सोही उपमहानगरपालिका–३ चटकपुरस्थित पसल गरी बस्ने डोटी बोगटान नगरपालिका–६ घर भएका २५ वर्षीय भीम बोगटीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला कारागार कार्यालय कैलालीमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेको व्यक्तिलाई भेट्न आएका बोगटीलाई प्रहरीले जाँच गर्ने क्रममा स्याम्पुको डिब्बाभित्र लुकाइछिपाई ल्याएको लागूऔषध फेला पारेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५०० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले सुपप्र ०१–००८ प ११०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७३ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम र नगद २० हजार ८०० रुपैयाँसहित सोही ठाउँ बस्ने २६ वर्षीय विकास चन्दसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ३ ग्राम ४७ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७ बस्ने २७ वर्षीय भरत सिंह र ३० वर्षीय नरेन्द्रसिंह ठगुन्ना रहेका छन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०२००३ प ७९७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको लेटाङ नगरपालिका–३ बस्ने ४३ वर्षीय तेजेन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६६ ट्याब्लेट र स्पासपेन १८० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, ०८ : ५६
लेखकबाट थप