काठमाडौँ । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी) को स्ववियू काउन्सिलको तेस्रो भेला असार २० र २१ गते काठमाडौँको किर्तिपुरमा हुने भएको छ। उक्त भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ।
गएको चैत्रमा सम्पन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी) ले ८३ वटा क्याम्पसमा स्ववियू सभापति, ३२४ वटामा पदाधिकारी र ५२६ वटामा सदस्यसहित ८५० भन्दा बढी स्थानमा जित हासिल गरेको छ ।
उक्त भेलामा देशभरबाट अखिल (क्रान्तिकारी) बाट निर्वाचित पदाधिकारी, स्ववियू सदस्य र जिल्ला अध्यक्षहरु सहभागी हुने संगठनका महासचिव दिपेश पुनले जानकारी दिए। महासचिव दिपेश पुनका अनुसार उक्त भेलाले राजनैतिक प्रतिवेदन तथा विधान व्यापक छलफलसहित पारित गर्ने र ‘क्रान्तिकारी स्ववियू काउन्सिल’को केन्द्रिय संयोजन समिति पनि निर्माण गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)