काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि सञ्चालनमा आएको छ । पहिरो खसेसँगै ठप्प भएको सडक पहिरो पन्छाउने काम सकिएसँगै सञ्चालनमा आएको हो ।
आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताए ।
सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । बेला–बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनले बताए ।
ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएकोमा आज बेलुकीबाट सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि फागुन १२ सम्म दैनिक ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, विस्फोट गर्नुपर्ने अवस्था टर्यो
नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुँदै
नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी
नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी