काठमाडौँ । दक्षिण कोरियाले उमेर गणनाका लागि बुधबारबाट कार्यान्वयनमा ल्याएको नयाँ नियमले त्यस देशका नागरिकको उमेर १ देखि २ वर्षसम्म कम भएको छ । यसअघि दक्षिण कोरियाले उमेर गणनाको परम्परागत विधिलाई त्याग्दै अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेपछि आफ्ना नागरिकको उमेर कम हुन पुगेको हो ।
कोरियामा आमाको गर्भमै रहेको समयदेखिको उमेर गणना गरिने परम्परागत नियम थियो । फलस्वरुप शिशुको जन्म हुनेबित्तिकै उसको उमेर एक वर्षको हुन्थ्यो र नयाँ वर्षपछि उक्त शिशुको उमेर २ वर्षको हुने गर्थ्यो । उदाहरणका लागि कुनै शिशुको जन्म २०२२ डिसेम्बर ३१ मा भयो भने सोही दिन शिशुको उमेर एक वर्षको हुने र २०२३ जनवरी १ मा शिशुको उमेर २ वर्ष भएको मान्ने गरिन्थ्यो । अर्थात् जन्मिएको दुई दिनमै शिशु २ वर्षको हुने विधि थियो ।
दक्षिण कोरियाले उमेर गणनामा लागू गरेको अन्तर्राष्ट्रिय मापदण्ड बुधबारदेखि कार्यान्वयनमा आएको छ । गत वर्ष राष्ट्रपतिमा नियुक्त भएसँगै युन सुक योल उमेर गणनाको नियम परिवर्तनको गर्नुपर्ने पक्षमा जोड दिँदै आएका थिए ।
उनले परम्परागत उमेर गणना विधिले 'अनावश्यक सामाजिक तथा आर्थिक मूल्य' सिर्जना गरेको बताउँदै आएका थिए । जापानले यो विधि सन् १९५० मा त्यागेको थियो भने उत्तर कोरियाले पनि ८० को दशकमा हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ असार २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु