संसदमा प्रधानमन्त्रीको सम्बोधन

यस्तो छ सरकारको ६ महिनाको समीक्षा (पूर्णपाठ)

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १३ : ३३
यस्तो छ सरकारको ६ महिनाको समीक्षा (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक बहसको स्तर खस्केकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘संसदसँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल-भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रू भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस