बुटवल । रुपन्देहीमा आज भएका छुटाछुटै सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले लु २९ प ८६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २८ वर्षका युवाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म परिचय खुलेको छैन शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँदेखि गुल्मीका लागि छुटेको ना ६ ख १९८४ नम्बरको बस रुपन्देहीको देव दह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु