झापा- झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। गुरुचरण र कुमकुम बाबुछोरी हुन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार उनीहरूको मृत्यु भएको हो ।
घटना मंगलबार बिहानकाे हाे । दुर्घटनाबाट गम्भीर घाइते भएका बाबु-छोरीलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु