सिंगापुरवाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, ०८ : ०६
सिंगापुरवाट फर्के लगत्तै आरजु राणा जापान प्रस्थान

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकाे धर्मपत्नी राणा सिंगापुरवाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणााले साे क्रममा स्वास्थ्य जाँच गर्नेछिन, एक केन्द्रिय नेताले भने । 

श्रीमान देउवाकाे नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणाा गत शुक्रबार मात्रै स्वदेश फर्केकी थिइन् । 

एक बर्ष अघि अर्थात गत भदाैंमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी साेमवार जापान गएकी हुन् । 
 

प्रतिक्रिया दिनुहोस