गोरखा । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए ।
‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको हो’, प्रनाउ लामिछानेले भने, ‘घटनाको प्रकृति हेर्दा भिरबाट लडेर ज्यान गएको देखिन्छ ।’ मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
ट्याक्टरको ठक्करले मोटरसाइकलमा सवार २ युवकको मृत्यु, अर्का घाइते
मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
चितवनमा बस र विद्युतीय कार ठोक्किदा एक जनाको मृत्यु
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु