काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले बजेट असन्तुलन, अव्यवहारिक र जनपक्षीय नभएकाले संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएका हुन्।
उनले भने,'ठिक यसैबेला बजेट पास गर्ने तयारीमा छौं। जुन बजेट असन्तुलन छ । व्यहारिक छैन। जनपक्षीय पनि छैन। बजेट पास गर्न सदन एकतावद्ध भएर प्रस्तुत हुन जरुरी छ।'
उनले बजेट संशोधन गरेर पास गरेमा सकारात्मक सन्देश जाने बताए। 'कम्तिमा यस पटकको संदनबाट दलहरू कमजोरीलाई स्वीकार्न गर्न तयार छन्। सरकार कमजोरी स्वीकार्न तयार छ भन्ने कुरालाई आत्मसाथ गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न यो सदन एकतावद्ध भएर प्रस्तुत हुन जरूरी छ। यसले देशलाई सकारात्मक सन्देश दिन्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार (पूर्णपाठ)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने