काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतलगायत राप्रपाहरु संघीयताको विरुद्धमा उभिएको बताउँदै त्यसबाट बचाउनका लागि पार्टीले अगुवाइ गर्नुपर्ने बताएका छन् ।
संघीयताविरुद्धको चुनौती चिर्नकै लागि समाजवादी मोर्चा गठन भएको बताउँदै चम्जोङले अहिलेका उपलब्धिलाई रक्षा गरेर अगाडी बढ्नु आवश्यक रहेको बताएका हुन् ।राजधानीमा आइतबारदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पुराना दलहरूले सुशासन दिएन, भ्रष्टाचार गरे, देश लुटे भन्दै पुराना दलको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरु जन्मेको बताए । ‘ती चुनौतीलाई सामना गर्नका लागि पार्टी पनि सुध्रिन आवश्यक रहेको छ ।
अनियमितता, नातावाद, कृपावादको विरुद्धमा उभिनुपर्छ, अनि मात्र ठिक ठाउँमा आउँछ,’ उनले भने, ‘पहिचानका लागि जसपा दारो गरी उठ्नुपर्छ ।’पार्टीलाई अनुशासित बनाउन तथा संगठित रूपमा अगाडि बढाउन विधान जरुरी रहेकाले अधिवेशनबाट उत्कृष्ट विधान बनाउनुपर्ने उनको भनाई थियो । उनले सबैको साझा सहमतिमा विधान बनाउन सकिए जसपा देशकै ठुलो शक्ति बनेर देशको नेतृत्व लिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १६ : २०
लेखकबाट थप