काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छ : नेता कोईराला

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १६ : १६
काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छ : नेता कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा। शशांक कोईरालाले काँग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन।

आईतवार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।

उनले भने , ‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो रु जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्राहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस