जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए।
घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो ।
बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।
सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ०६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार
हालसम्म ६ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
घरमै सुत्केरी भए कालो टीका !
जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु
भरतपुर अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया
बागलुङमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि