आईसीसी एकदिवसीय विश्वकप छनोट

संकटमा नेपाल, रोहित ३३ रनमा आउट

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १५ : २५
संकटमा नेपाल, रोहित ३३ रनमा आउट

काठमाडौं । नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरो हुने संकेत मिलेको छ ।  नेपाल र नेदरल्याण्ड बिचमा जारी खेलमा नेपालले पाँच बिकेट गुमाए पछि सुपर सिक्समा पुग्ने सपना अधुरो रहने संकेत मिलेको हो । 

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा  गरेको ब्याटिङ खराब हुदाँ छैटाैं बिकेट गुमाउनु परेको छ । १०० रन नजोडदै पाँच विकेट गुमाएको नेपालले यस खेलमा पराजय भएमा समुह चरणवाट नै बाहिरिने छ । 

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले हालसम्म छैटाैं विकेट गुमाइसकेको छ। कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट भए । 

अपरान्ह देखी सुरु भएको खेलमा ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए ।  आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि नेपालका अर्का खेलाडी आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड हुनु परेको थियो ।

आरिफ शेख ६ रनमा बिक्रम जितकै बलमा क्याच भए पछि पेभिलियनमा फर्केका थिए । भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा नै आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किनु परेको थियो ।

यो सँगै नेपालले छाैटाैं विकेट गुमाएको हो,  विकेट गुमाउदाँ नेपाल २५.२ ओभरमा ९१ रन मात्रै बनाउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस