आईसीसी एकदिवसीय विश्वकप छनोट

नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १५ : ०५
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन ।

लगातार विकेट गुमाएसँगै नेपाल दबावमा परेको छ । ओपनर आसिफ शेख र आरिफ शेख दोहोरो अंकमा रन बनाउन नसकि आउट भए । कुशल भुर्तेलले २७ रन र भीम सार्कीले पभेलियन पर्किनु अघि २२ रन योगदान गरे । कुशल मल्ल १२ रनमा आउट भए ।

यो समाचार लेखिसक्दा नेपालले २७ ओभरको समाप्तिमा ९६ रन जोडेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल छन् ।

 

प्रतिक्रिया दिनुहोस