आईसीसी विश्वकप छनोट - नेपालका दुवै ओपनर आसिफ र कुशल आउट

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, १४ : १०
आईसीसी विश्वकप छनोट - नेपालका दुवै ओपनर आसिफ र कुशल आउट

काठमाडौं। आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ ।सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ बल खेल्दा शून्यमा आउट भएका थिए ।

दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । कुशल आउट भएसँगै सुस्त सुरुआत गरेको नेपाल दबावमा परेको छ ।नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस