रेशम चौधरीको प्रश्न - म हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०८०, ११ : ५२
रेशम चौधरीको प्रश्न - म हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?

सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी थारुहटहरुको मात्रै पार्टी नभएको बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी स्पष्ट भिजन सयौं थुङगा फूलका हामी एउटै माला नेपाली चार वर्ण छतिस जातको फूलबारीमा हाम्रो देश र मुलुकका कुनैपनि नागरिकलाई विभेद, दमन, छुवाछूत, विकास र शिक्षाबाट बन्चित पाइन्न भन्ने पार्टीको उद्देश्य रहेको छ ।’ उनले भने

चौधरीले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका थिए । प्रश्नको उत्तर दिँदादिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न सोध्न पत्रकारलाई आग्रह गरेका थिए ।

उनले भने,‘मलाई तपाई्रंहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटकपटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ । ‘तपाईंहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’

उनले सुर्खेत आउँदा आफू घर फर्केर आए जस्तो भएको बताए । ‘आफूलाई विमानस्थलमा स्वागत होला भनेर सोचेको थिएन,’ उनले भने । ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला ?,’ उनले भने,‘म अहिले देशभ्रमणमा रहदा हिसाब गर्ने हो भने मान्छेले अहिलेसम्म तीनरचार ट्रक खादा र मालाले स्वागत गरेका छन् ।’

उनले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको बताए ।खसआयका पिडा राज्यले समेट्नु पर्ने र कर्णालीको दुख साटेर धेरै गैरसरकारी संस्थाले आफ्नो रोजीरोटी बनाएको र कर्णालीलाई बेच्ने एउटा बाटो बनाएको उनको भनाइ छ ।

कर्णाली बर्षौदेखि बिक्री गरिरहेको भन्दै उनले अब नागरिक उन्मुक्ति पार्टीले त्यसो गर्न नदिने पनि बताए । साथै उनले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राख्दै औलो र मलेरिया पचाएर बसेका सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नाम राखिनुपर्ने उनको धारणा रहेको छ ।

राज्यले सुदूरपश्चिम नाम हटाएर थारुहट प्रदेश नाम राखिदिनुपर्ने उनको जोड छ । सुदूरपश्चिम नाम नसुहाएको पनि तर्क राखे ।

 

प्रतिक्रिया दिनुहोस